Logo
Logo

भ्रमण भत्तामा अनियमितताको आरोप


20.4k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलमा भ्रमण भत्ता अनियमितता भएको आरोप लागेको छ । दुई साताअघि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केही कर्मचारीले भ्रमणमा नगई भत्ता लिएको आरोप लागेको हो ।


सचिवालयमा कार्यरत डिएसपीदेखि परिचरसम्म दर्जनौं ब्यक्तिको नक्कली भ्रमण आदेश बनाइएको हो । चैत महिनाको विभिन्न मिति राखेर बनाइएको भ्रमण आदेश मध्ये सचिवालयमा कार्यरत डिएसपी सुमन बोगटीको टोलीमा परिचरसमेत गरि करिब १० जनालाई सुदूरपश्चिम प्रदेशका विभिन्न युनिटको अनुगमनमा गएको भन्दै डिएसपी रमेश विक्रम शाहीले हस्ताक्षर गरेका छन् । यस्तै, डिएसपी शाहीको टोलीमा पनि लगभग त्यति नै संख्यामा कर्णाली प्रदेशको युनिट निरीक्षण गरेको भन्दै डिएसपी सुमन बोगटीको हस्ताक्षर रहेको छ । जबकी, यी दुवै टोली कार्यालय छाडेर कतै नगएको सशस्त्र मुख्यालयस्थित आर्थिक प्रशासन स्रोत बताउँछ ।

सचिवालयमानै कार्यरत एक महिला इन्सपेक्टरको नाममा ३/४ महिनाको बिचमा झण्डै आधा दर्जन भ्रमण आदेश बनेको श्रोत बताउंछ । एक पटक यसरी फर्जी आदेश बन्दा लाखौं रुपैयाँ निकाशा हुने गर्छ । जबकी, भ्रमणपछि प्रतिवेदन दिएपछि मात्र भुक्तानी दिनुपर्नेमा विना आधार भुक्तानी दिइएको छ । यसमा इन्सपेक्टर नारायण गुरुङ समेत विवादमा तानिएका छन् । तर, उनले कुनै गल्ती नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्