Logo
Logo

व्यक्तिग स्वार्थका कारण गोरखापत्र संकटमा


630
Shares

काठमाडौं । कर्मचारीको व्यक्तिग स्वार्थका कारण नेपाली भाषाको पहिलो समाचारपत्र ‘गोरखापत्र’को भविष्य अन्योल बनेको छ । व्यवस्थापन र सम्पादकीय नेतृत्ववीचको टकरापले गर्दै पत्रिका छाप्ने कागज (न्यूजप्रिन्ट)को अभाव भएपछि पत्रिका संकटमा परेको हो ।

यतिबेला गोरखापत्र संस्थानसँग न्यूजप्रिन्ट अत्यावश्यक मात्रामा नभएको र तत्काल त्यसको व्यवस्था हुने सम्भावना पनि नभएको एक पूर्व सञ्चालक सदस्य बताउँछन् । संस्थानभित्र लामो समयदेखि चलखेल हुँदा न्यूजप्रिन्ट व्यवस्थापन हुन नसकेको स्रोत बताउछ । स्रोतकाअनुसार सत्तारुढ दलका नेताहरुको दवाव र न्यूजप्रिन्ट खरिदमा हुने मोटो कमिसनको चक्करले सिंगो संस्था नै प्रभावित हुन पुगेको छ ।

अहिलेको न्यूजप्रिन्टको व्यवस्थापन लागि वैकल्पिक उपया समेत नभएको स्रोतबो दाबी छ । गोरखापत्रलाई बन्द हुन नदिन सरकारले नै हस्तक्षेप गर्नुपर्ने ती पूर्व सञ्चालक सदस्यको भनाइ छ । गोरखापत्र र यसको अंग्रेजी प्रकाशन (दि राईजिङ नेपाल) वैशाख १५ देखि नियमित हुने कि नहुने भन्ने अन्योल भएको छ ।

पत्रिका छाप्ने न्यूजप्रिन्टको अभाव हुँदा पनि त्यसको व्यवस्थापन तर्फ कार्यकारी अध्यक्ष विष्णु सुवेदी नेतृत्वको सञ्चालक समितिको ध्यान नपुगेको स्रोतको भनाइ छ । अहिले सूचना तथा सञ्चार मन्त्रीसँग हारगुहार गरेर न्यूजप्रिन्ट जुटाउने प्रयास गरेपनि तत्काल उपलब्ध हुन नसक्ने गोरखापत्रकै एक पत्रकार बताँउछन् ।

प्रधानसम्पादक शिवकुमार भट्टराईले न्यूजप्रिन्टको समस्या भएको स्वीकार गरिसकेका छन् । तर, पत्रिका नै बन्द हुने अवस्था नआउने उनको दाबी छ । अहिले गोरखापत्र संस्थानसँग बढीमा १५ दिनलाई पनि पुग्ने न्यूजप्रिन्ट भएको बताइएको छ । संस्थानको नियमावली अनुसार ३०० मेट्रिक टन न्यूजप्रिन्ट सधैं जगेडामा हुनुपर्छ ।

गोरखापत्रको काठमाडौं प्रकाशनका लागि दैनिक १५ सय केजी न्यूजप्रिन्ट चाहिन्छ । बिराटनगर र कोहलपुरका लागि पनि डेढ सय केजी न्यूजप्रिन्ट दैनिक आवश्यक पर्दछ । गोरखापत्रको केन्द्रीय प्रकाशनसँग अहिले पुगनपुग १३ मेट्रिक टन न्यूजप्रिन्ट स्टक रहेको बताइएको छ ।

कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र प्रधान सम्पादक भट्टराईले यसअघि नै प्रिन्टसेल इमेज नामको कम्पनीलाई दिएको टेन्डर खारेज गरेका थिए । राजनीतिक दवावमा परेर उनीहरुल न्यूजप्रिन्ट खरिदका लागि राम कार्की नामका व्यवसायीलाई ठेक्का दिएका थिए । १४० मेट्रिक टन न्यूजप्रिन्ट खरिदको ठेक्का पाएका कार्कीले २३ लाख रुपैंयाँ घाटा हुने कारण देखाउँदै आफूले धरौटी वापत जम्मा गरेको ८ लाख समेत माया मारेर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्