काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी कायम भएँगै प्रहरीका अन्य तीन बिशिष्टकृत ब्यूरोलाई सिआइबी मातहत राखिएको छ । हालै गृह मन्त्रालयले प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत यस्तो निर्णय गरेको हो ।
डिआइजी प्रमुख हुने साइबर ब्यूरो तथा एसएसपी प्रमुख हुने लागुऔषध नियन्त्रण ब्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई सिआइबी मातहत राखिएको छ । पहिले नै यससम्बन्धि अध्ययन भएको र हालै सिआइबीमा एआइजीको नेतृत्व भएसँगै यसलाई कार्यान्वायनमा लगिएको प्रहरी प्रवक्ता एसएसपी विष्णु कुमार केसीले बताए । गत महिना एआइजीमा बढुवा भएका धिरजप्रताप सिंह ब्यूरोको प्रमुख छन् । उनले सिआइबीसँगै अन्य तीन ब्यूरोलाई पनि निर्देशन र नियमन गर्ने भएका छन् । यसअघि अन्य ब्यूरो अपराध अनुसन्धान विभाग अन्र्तगत थिए ।