Logo
Logo

१० हजार घुससहित पक्राउ परेका असइलाई सफाई


145.7k
Shares


काठमाडौं । १० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका असइले अदालतबाट सफाइ पाएका छन् । असई श्यामबहादुर माझीलाई बुधबार बिशेष अदालतले सफाइ दिएको हो ।


अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोकमा कार्यरत रहँदा उनले बेलुका ढिला चल्ने गाडीसँग घुस लिएका थिए । प्रति गाडी दुई हजारका दरले घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को भदौमा पक्राउ गरेको थियो । बिशेष अदालतले उनले घुस लिएको पुष्टि हुन नसकेको भन्दै सफाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस्