रोटरीमा आवद्ध भएको पनि १८ वर्ष भइसक्यो । तर, रोटरीका विभिन्न पक्षहरू बुझन अझै बाँकी नै छ । आजभन्दा ११७ वर्ष अगाडि दुरद्रष्टा स्व. पाउल हारिसले जुन कल्पना गरेर रोटरी अभियानको शुरुवात गरेका थिए, त्यो भन्दा कैयौ गुणा यसका उद्देश्यहरू संसार भरी फैलिसकेको छ ।
रोटरीको एउटा सशक्त पक्ष भनेको यसको नेतृत्वको संरचना नै हो । जुर्लाइ १ देखि नयाँ रोटरी वर्ष शुरु हुन्छ र अर्काे वर्षको ३० जुनमा पदावधि सकिन्छ । क्लवहरूमा प्रेसिडेन्ट, डिष्ट्रिक्टमा डिष्ट्रिक्ट गभर्नर तथा आरआई इन्टरनेशनलमा प्रेसिडेन्टको चयन हुन्छ, जम्मा एक वर्ष कार्यकालका लागि ।
क्लवहरूमा प्रेसिडेन्टको चयन हुँदा नै अर्काे वर्षका लागि प्रेसिडेन्ट हुने व्यक्ति चयन हुन्छ । साथै, २ वर्ष पछि प्रेसिडेन्ट हुने व्यक्तिको समेत अगाडि नै चयन हुन्छ । यस्तो सिष्टमले गर्दा रोटरीमा प्रत्यक्ष चुनाव हुँदैन ।
विभिन्न क्लबहरूबाट गरी १२ सय प्रतिनिधिले भाग लिएको यस पटकको रोटरी कन्फरेन्समा केही अचम्म मान्नु पर्ने पक्षहरू पनि थिए । त्यहाँ विभिन्न कम्पनीहरूले पसल पनि खोलेका थिए । त्यसमा पनि गाडीहरूको स्टल धेरै थियो ।
बिना झन्झट तरिकाले रोटरीको नेतृत्व हस्तान्तरण हुन्छ । एक वर्षको अवधिमा आरआई प्रेसिडेन्ट डिष्ट्रिक्ट गभर्नर र संसारभरिका क्लबहरूका प्रेसिडेन्टहरूले आ–आप्mनो टिम बनाएर कार्यभार सम्हाल्छन् । सबै सदस्यहरूले आ–आफ्नो अनुकूल आर्थिक सहयोग गर्छन् । यसरी नै रोटरीको चक्र चल्दै आएको छ ।
यस वर्षको रोटरी डिष्ट्रिक्ट कन्फरेन्स सन् २०२२ अप्रिल १ देखि ३ तारिखमा झापाको धुलावारीमा आयोजना गरिएको थियो । हवाई टिकट लिए पनि कन्फरेन्समा जाने कि नजाने भन्ने दोमन थियो ।
एक अप्रिलमा यसो आकाशतिर हेरेँ, कैयौ दिनदेखिको कुइरो मण्डली यतिकै थियो । मेरो मनमा आयो, म चढ्ने प्लेन पनि कुइरोको काग हुने त हैन ? तर, अन्ततोगत्वा जाने नै निधो गरेँ । हतारहतार तयारी गरेर एयरपोर्टतिर लागेँ । एअरपोर्टमा कपितय नयाँ पुराना मित्रसँग भेट भयो । जो भेट भयो सबैको गन्तव्य उही धुलावारी नै थियो ।
बुद्ध एयरको जहाज एक घण्टा ढिला उडे पनि हवाई यात्रा सुरक्षित नै रह्यो । एअरपोर्टबाट काकडभिट्टासम्म जान ट्याक्सी भाडा १३ सय तोकिएको रहेछ । कन्फरेन्स आयोजना गरिएको होटल मेची क्राउनमा पुगियो । डिल्लीबजार रोटरी क्लवको प्रेसिडेन्ट लीलानाथ शर्माको नेतृत्वमा हिँडेको डेलिगेसन पनि सबै होटलमा पुगिसकेका थिए । भर्खर मात्र बनेर उद्घाटन गरिएको मेची क्राउन होटल निकै भव्य रहेछ । होटल छिर्दा मन नै आनन्दित भयो ।
रजिष्ट्रेसन सकिएपछि कन्फरेन्स हलमा पुग्दा अलि गजब नै अनुभव भयो । होटल प्राङ्गण ठूलो अस्थायी हल बनाइएको रहेछ । हल व्यवस्थित थियो । आयोजकको भनाइमा टेन्ट हल बनाउन धेरै रकम लागे पनि कन्फरेन्सको लागि यस्तै हल उपयुतm हुन्छ भन्ने निष्कर्ष सहभागी सबैको रह्यो । करिव ५० मिटर चौडाई तथा २ सय मिटर लम्वाई भएको यस हल आरामदायी नै थियो ।
सम्मेलनको शुरुवात डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजालले गर्नुभयो । रोटरीको कन्फरेन्स लगभग सधैँ उही परम्परागत शैलीमा गरिन्छ । उद्घाटनसत्र पश्चात् रोटरीका विशिष्ट व्यक्तिहरूबाट शुभकामना दिने पुरानै प्रचलन हो ।
यसपालिको रोटरी कन्फरेन्समा पनि समाजका विभिन्न ख्याती प्राप्त व्यतिmत्वहरूलाई निम्त्याइएको थियो । जसमध्ये सकारात्मक सोचका प्रवर्तक कर्ण शाक्यको उपस्थिति तथा उनको सारगर्भित प्रस्तुति निकै राम्रो तथा भावपूर्ण थियो ।
रोटरी क्लब समाजका विभिन्न क्षेत्रहरूमा क्रियाशिल रही आएको छ । शिक्षा, स्वास्थ, जलवायु, वातवरण, खानेपानी, कम्युनिटी, गरिवी निवारण, महिला, युवाको हकहित तथा अन्य कपितय क्षेत्रहरूमा रोटरी क्लबहरूले योगदान दिँदै आएका छन् ।
रोटरीमा आवद्ध हुनु भनेको सबैले आ–आप्m्नै खल्तीबाट खर्च गरेर अर्काको सेवा गर्नु नै हो । त्यसैमा आनन्द पनि छ । हाल देशका करिव १५४ रोटरी क्लबहरूमा ६ हजार ६ जना रोटारियनहरू आवद्ध रहेका छन् ।
आ–आप्mनो क्लबहरूले एक वर्षमा गरेका कामहरूको विवरण समेटेर प्रस्तुत गर्ने हुँदा रोटरी क्लबहरूको सक्रिय सहयोगबाट समाजमा कस्तो परिवर्तन आएको छ भन्ने कुरा बुभ्mन सकिन्छ । वास्तवमा, नेपालको जनसंख्याको अनुपातमा रोटरीमा आवद्ध भई सामाजिक काममा संलग्न हुन चाहनेहरूको संख्या अति नै न्युन ठान्नु पर्छ ।
कार्यक्रममा पारिवारिक मुल्यमान्यता, युवा, महिला तथा अन्य विभिन्न पक्षहरू समेटेर वतmाहरू निमन्त्रणा गरिएका थिए । रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको जोडदार प्रस्तुति थियो । उनले बलात्कार जस्तो संगीन अपराधीलाई मृत्यदण्डको सजाय दिनुपर्नेमा जोडदार दिइन् । युवा कार्यक्रममा बोलेका युवा तथा पूर्वमिस नेपाल ईशानीले पनि आप्mनो प्रस्तुतिलाई निकै प्रभावकारी बनाईन ।
विभिन्न क्लबहरूबाट गरी १२ सय प्रतिनिधिले भाग लिएको यस पटकको रोटरी कन्फरेन्समा केही अचम्म मान्नु पर्ने पक्षहरू पनि थिए । त्यहाँ विभिन्न कम्पनीहरूले पसल पनि खोलेका थिए । त्यसमा पनि गाडीहरूको स्टल धेरै थियो ।
जब रात छिप्पिदै गयो, प्रतिनिधिहरूको मुड अर्केतिर मोडिइ सकेको देखिन्थ्यो । विस्तारै खाना खाने ठाउँमा प्रतिनिधिहरू जम्मा हुन थालेका थिए । खाना खाने प्रवेशद्धारमा कडा चेक थियो । त्यो त हुनै पर्यो नि । तत्र त, १० हजार तिरेर आएका प्रतिनिधिहरूको सट्टा पैसा नतिरी आएका व्यक्तिहरूले खाना भजाउने चान्स हुन्थ्यो ।
अत्यन्तै गर्मी हुने धुलावारीमा त्यो दिन मौसम निकै राम्रो थियो । न गरम, न चिसो । सांस्कृतिक कार्यक्रममा संयोजकले मौसमलाई राम्ररी वर्णन गर्न पनि भ्याए । खाना पनि मिठो नै थियो । चिकेन चिल्लीमा हड्डी मात्र भेट्टाएका एक जना प्रतिनिधिले ‘झापाको कुखुरामा हड्डी बढी हुन्छ कि कसो’ भनेर प्रतिनिधिलाई हँसाए पनि ।
खानाको साथै सांस्कृतिक कार्यक्रम पनि शुरु भयो । काठमाडौँबाट आएका दीपक बज्राचार्यको ब्याण्डले निकै धुम मच्चायो । सबै झुम्मिएर नाच्न थाले । सवैले एक छिनलाई कोरोनालाई पनि बिर्सिए । मास्क लगाउने फुर्सद पनि थिएन, मास्क लगाउन आवश्यक पनि ठानेनन् ।
२ अप्रिलका दिन कार्यक्रम अलि ढिला शुरु भयो । हाम्रो क्लबको तर्फबाट असिष्टेन्ट गभर्नर तथा पाष्ट प्रेसिडेन्ट जयेन्द्र रिमालले युवासम्बन्धी कार्यक्रम संचालन गर्नुभयो । अन्य सबै कार्यक्रमहरू पनि क्रमशः सञ्चालन भए । मलाई यो कुराले निकै सन्तोष दिन्छ कि हामी नेपालीहरू मध्ये पनि कतिपय व्यक्तिहरूले कति राम्रो बोल्न सक्छन्, आप्mनो कुरा राम्ररी प्रस्तुत गर्न सक्छन् ।
दिनभरीको कार्यक्रमपछि साँझ पुनः अघिल्लो दिनको जस्तै खानपिन तथा सांस्कृतिक कार्यक्रम शुरु भयो । आयोजकहरूले प्रतिनिधिहरूलाई मनोरञ्जन प्रदान गर्न निकै कसरत गरेको देखिन्थ्यो । तर, एक जना रुन्चे स्वरकी गायिकाले एकपछि अर्काे गाना गाइरहेको देखेर धेरैजना खिन्न भए ।
भन्नुमा ‘ट्यालेन्ट शो’ भनेर आयोजना गरिए पनि त्यो देखा परेन । न त त्यसको कुनै छनक नै पाईयो । जसले गर्दा कैयौ दिनदेखि विभिन्न क्लबको तर्फबाट प्रस्तुतिको लागि आएकाहरू खिन्न हुनु पर्यो । एकै जनाले गाएको गाएै गरे पनि टाढावाट आएका अन्य प्रतिनिधिहरूलाई पनि मौका दिनुपर्छ भन्ने हेक्का आयोजकले राखेनन् ।
जे होस् यत्रो ठूलो कन्फरेन्सको आयोजना गर्नु आफैमा एउटा सफल कार्य मान्नु पर्छ । क्लबहरूमा आपसी सहयोग र प्रतिष्पर्धी भावना पनि प्रचुर मात्रामा पाइन्छ । यी त मानवीय पक्षहरू नै हुन् ।
यसपटक अब २ वर्षपछिको डिष्ट्रिक्ट गभर्नर को हुने भन्ने विषयले पनि निकै चर्चा पाएको थियो । दुईजना उम्मेदवारको नाम राजेन्द्र नै थियो । तर, अन्ततोगत्वा सिनियर रोटरीएन राजेन्द्रमान शेरचनको नाम चयन भयो ।
३ अप्रिलका दिन चांडै नै होटलबाट प्रस्थान गरियो । किनकि, मलाई नेपालको सबभन्दा होचो ठाउँ केचनाकबल हेर्न जानु थियो । करिव डेढ घण्टा गाडीको यात्रापछि केचनाकबल पुगियो ।
केचनाकबलमा खाल्डो रहेछ, जुन खाल्डोमा आधा पानी भरिएको थियो । जुन ठाउँ जुन समुन्द्र सतहभन्दा जम्मा ५८ मिटर मात्र माथि छ । केचनाकबल अवलोकनका लागि बीचमा माछा आकारको ठाउँ रहेछ । त्यही उभिएर फोटो खिचेँ । यो भौगोलिक विशेषता जम्मा १५० स्क्वाएर किलोमिटरको रेडियसभित्रै रहेको छ । विश्वकै सबभन्दा होचो ठाउँ इजरायल तथा जोर्डनको बीचमा रहेको मृतसागरमा पनि सन् २०१४ मा पुगेको थिए । अब विश्वको सबभन्दा अग्लो ठाउँ सगरमाथा जाने त कुनै सम्भावना नै रहेन ।
रोटरीको एउटा प्रमुख मुद्दा सदस्य संख्या बढाउने र भएका सदस्यलाई कसरी जोगाउने भन्ने नै हो । आर्थिक योगदान भारी छ । रोटरीका सात वटा प्रमुख लक्ष्य भए पनि शान्ति प्रवद्र्धन तथा द्धन्द व्यवस्थापनसम्वन्धि खास कुनै कार्यक्रम भएको देखिएन । न त वातावरण सम्वन्धि कुनै कार्यक्रम नै थियो । कोरोनाका कारण २ वर्षदेखि केही नै भएको छैन । तर, शान्ति जस्तो महत्वपूर्ण विषयवस्तु अरु के होला ?
मलाई युएनडिपीका पूर्वप्रमुख फ्रेन्च नागरिक म्याडम भ्यालरी जुलियाण्डले भनेका कुरा झलझली याद आउँछ । तपाईंहरूले १० वर्षको आपसी द्धन्दलाई राम्ररी व्यवस्थापना गर्नुभयो, अब ध्वस्त भएका कतिपय घर, भवन, अस्पताल, पुलपुलेसा, स्कुलहरू पुनर्निर्माण भइसके, हुँदै छन् ।
ती आप्mनो ठाउँमा राम्रो कामहरू हुन् । तर, जनताले शान्तिको आवश्यकता तथा योगदान नबुझेसम्म यस्तो विकासहरूलाई दिगो मान्न सकिन्न । आहा ! कस्तो राम्रो विचार उनको । अतः रोटरीले शान्ति स्थापना, प्रवद्र्धन तथा द्धन्द व्यवस्थापनको कार्यलाई आप्mनो कार्यमा राख्नुपर्छ ।
(लेखक, डिल्लीबजार रोटरी क्लबका पास्ट प्रेसिडेन्ट तथा पूर्वराजदूत हुन् ।)