Logo
Logo

बेलायतका प्रधानमन्त्री भारतमा


630
Shares

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् ।

भारत भ्रमणमा निस्किएका उनी सिधै भारतको गुजरातमा ओर्लिएका हुन् । भारतीय मूलका बेलायतीमध्ये आधाभन्दा बढीका पूर्वज गुजरातमा छन् । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर पनि हो । त्यसैले, जोन्सनले गुजरातमा नै राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ । गुजरातमा व्यापारिक समुदायका नेताहरुसँगको भेटमा उनले भारत र बेलायतबीचको लगानीका विषयमा कुराकानी गर्ने छन् । गुजरातबाट जोन्सन आज राजधानी नयाँ दिल्ली जाँदै छन् ।

जोन्सन र मोदीबीच दिल्लीमा नै भेट हुने बताइएको छ । यसअघि प्रधानमन्त्री जोन्सनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरे पनि कोरोना भाइरसको संक्रमणका कारण दुई पटकसम्म स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्