धनगढी । नेपाल कम्युुनिष्ट पार्टी(एकीकृत समाजवादी) ले चुनाव पछि सुदुरपश्चिममा एकल बहुमतको सरकार चलाउने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेद्वारी दिने निर्णय गरेको एकीकृत समाजावादीले सुदूरपश्चिम प्रदेश सरकार फेरवदल गरेर एकल बहुमतको सरकार चलाउने तयारी गरेको हो ।
५ दलले देशभर चुनावी गठबन्धन गरे पनि संगठन राम्रो पक्कड बनाएको समाजवादीले सम्मानजक उपस्थिती चाहेको थियो । माओवादी र कांग्रेसले एक्ला एक्लै बैठक राख्ने र समाजवादी लाई छायामा राख्ने रणनीति लिए पछि एस पार्टीले छु्ट्टै रणनिती अपनाएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेद्वारी दिने समाजवादीले प्रदेश सरकारमा पहिलो दलको हैसीयतले सरकारको दावी गर्छ, । सम्भवत जेठ पहिलो साता देखी नै मुख्यमन्त्री प्रति अविश्वासको प्रस्ताव प्रदेश सभामा टेवुुल गर्ने स्रोत बताउँछ ।
गठबन्धनको सन्देश दिनकै लागी समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर कांग्रेस लाई २ महत्वपुर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराएको थियो । ‘प्रदेश सभामा पहिलो दल (एस) ले स्वभाविक मुख्यमन्त्रीको दावी हो र पाउनुु पथ्र्याे,’ समाजावदीका नेताले भने ‘हामीले केन्द्र गठबन्धन लाई प्राथमिकतामा राख्यौं । गठबन्धन लाई नै बलियो बनाउन तल्लीन भयौं । सहेर बस्न सकीन्न । हामीलाई मात्रै गठबन्धन चाहिएको होईन । राष्ट्रको आवश्यकता हो । यसमा काग्रेस र माओवादी इमान्दार नभए हामी तुरुन्तै एक्सनमा जान्छौं ।’
प्रदेश सभामा ५२ जना सांसद छन । नेकपा (एस) का १४ जना, माओवादीका १३ जना, काग्रेसका १२ जना, एमालेका सभामुख गरेर ११ जना, जसपाका १ र लोसपाका १ सांसद छन् । बहुमत पुर्याउन २७ जना सांसद चाहिन्छ । बहुमत कुनै दलको नभएको अवस्थामा संसदको ठुलो दलले हैसीयतले सरकार चलाउने सक्ने व्यवस्था संविधानले गरेको छ ।