काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारणसभामा अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयाँ सेवासहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको जानकारी गराएका थिए ।
सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । कम्पनीले कामनपा–३ पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गासमेत खरिद गरेको छ । चालु आवमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माणकार्य अगाडि बढाइसकेको जानकारी गराए ।
कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिमधारण क्षमतामा समेत बृद्धि गरी चुक्ता पूँजी २.५० अरब पु¥याउन समयसीमा तोकिदिएकाले पूँजी योजना बीमा समितिसमक्ष पेश गरिसकिएको जानकारी दिँदै चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारणसभाबाट पारित भएको छ । बोनस शेयरपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० पुगेको जानकारी दिए ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ वार्षिक साधारणसभामा शेयरधनीलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी सहयोगबाट अग्रणी कम्पनीको रुपमा स्थापित भइरहेको जानकारी गराए ।
बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट सेवा प्रदान गर्दै आइरहेको इन्स्योरेन्स कम्पनीले आगामी दिनमा शाखा विस्तारभन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अगाडि बढेको छ । आव २०७६÷७७ मा रु. १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकामा यस आवमा १ अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ ।