काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन् । निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रही हालै सेवानिवृत्त भएका थिए ।
गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव संगालेका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् ।
सो अवसरमा राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, दिपक बोहरालगायतका नेताले न्यौपानेलाई पार्टीमा स्वागत गर्दै उनको प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने बताए ।