काठमाडौं । सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषदले बढुवा गर्ने निर्णय गरेको हो ।
एआईजीमा बढुवा भएसँगै अर्याल सशस्त्र प्रहरीको महानिरीक्षक हुने भएका छन् । अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् । सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।
एआईजी बढुवामा अर्यालसँगै नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल प्रतिस्पर्धामा थिए ।