Logo
Logo

ग्लोबल आइएमई बैंकमा अनलाइन भिडियो कलमार्फत केवाइसी अपडेट सेवा सुरु


126
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात बैंकका ग्राहकले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् ।

बैंकले सुचारु गरेको यस सेवाले ग्राहक प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय-समयमा यस किसिमका नयाँ योजना ल्याउदै आएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्