काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका राजु अर्यालले चार वर्ष संगठनको नेतृत्व गर्ने अवसर पाउने भएका छन् । सशस्त्रमा महानिरीक्षकको पदावधि चार वर्ष छ । उनले पुरै अवधि काम गर्न पाउने भएका छन् ।
२०५४ सामा नेपाल प्रहरीमा इन्सपेक्टरबाट भर्ना भएका उनी २०५८ सालमा डिएसपी पदमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । इमान्दार र भिजन भएका अधिकृतका रुपमा पहिचान बनाएका अर्यालमाथि संगठन सुधारको अपेक्षा धेरैले राखेका छन् ।