Logo
Logo

कार्यकुशलता र कार्यक्षमतामा अब्बल भएकाले धिरजप्रतापलाई आइजिपी बनाइएको होः गृहसचिव पाण्डे


12.5k
Shares


काठमाडौैं । गृहसचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह कार्यशुलता र कार्यक्षमतामा अरुभन्दा अब्बल भएकाले उनलाई सरकारले महानिरीक्षकमा नियुक्त गरेको बताएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा आयोजित दज्र्यान्ही चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले चार जनाभन्दा सबैभन्दा कुशल सिंह भएकाले त्यहीअनुसार निर्णय गरिएको बताएका हुन् ।

‘भएका चार एआइजीमध्ये उहाँको कार्यकुशलता र कार्यक्षमता सरकारले कम्पेरेटिभ्ली राम्रो लाग्यो,’ उनले भने,‘नेतृत्व गर्न सक्ने क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमतामा उहाँ कुशल हुनुहुन्छ । संगठनको अभिभावकिय क्षमता देखेर नै उहाँलाई सरकारले यो जिम्मेवारी दिएको हो ।’
बढुवामा ज्येष्ठता मिचेको भनेर मिडियाबाजी भएको विषयमा पनि उनले प्रष्टिकरण थिए । बढुवाको प्रतिस्पर्धामा रहेका चारै जना एआइजी एकै दिन भर्ना भएकाले सबैको ज्येष्ठता समान भएको बताए ।
उनले दुवै महानिरीक्षकलाई शुभकामना दिदै शान्ति सुरक्षालाई बलियो बनाउने गरी काम गर्न भनेका छन् ।
आफु स्वधर्ममा बसे, संगठनमा स्वधर्म हुने र देशमै स्वधर्म कायम गर्न सक्ने भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्