Logo
Logo

एआइजी थापा अदालत नजाने, बुधबारदेखि चुनावी सुरक्षाको कमाण्ड सम्हाल्ने


80.6k
Shares


काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्ट बनी बिदामा बसेका एआइजी सहकुलबहादुर थापा बुधबारदेखि नियमित डिउटीमा फर्कने भएका छन् । सरकारको निर्णयप्रति असन्तुष्टि भएपनि त्यसलाई सम्मान गर्ने उनले बताएका छन् ।


सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने बताएका हुन् ।


‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’


थापा प्रहरीको कार्य विभाग प्रमुख हुनुहुन्छ । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको केन्द्रीय सुरक्षा सेलको प्रमुख भएर काम गरिरहेका छन् । चुनावको बेला आफ्नो व्यक्तिगत स्वार्थ भन्दा देशको स्वार्थ ठूलो भएको भन्दै उनी असन्तुष्टिका बाबजुत नियमित काममा फर्किन लागेका हुन् ।


आइजिपीमा नियुक्त भएका धिरजप्रताप सिंहभन्दा थापा १० महिनाअघि एआइजीमा बढुवा भएका थिए । एआइजीमा आफुभन्दा जुनियरलाई आइजिपी बनाएकोमा उनी असन्तुष्ट बनेका थिए ।
अर्का एआइजी विश्वराज पोखरेल भने अदालत गएका छन् ।

प्रतिक्रिया दिनुहोस्