Logo
Logo

विवादमा नआउने गरी काम गर्न सरकारलाई नेकपा सांसदको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा संसदहरुले यस्तो सुझाएका हुन ।

बैठकमा  प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको समेत बताए । ‘हामीप्रति जनताको ठुलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि हामी सबै जो जहाँ छौं, त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले यसै आर्थिक बर्षभित्र पार्टी एकताका सबै काम टुंगिसक्ने बताए । ‘पार्टी एकता भएन भनेर अब धेरै निराश हुनुपर्दैन । असारभरीमा एकताका काम टुंगिन्छन्’ बैठकमा दुई अध्यक्षमध्ये पुष्पकमल दाहालले अबको एक महिनामै पोलिटब्युरोसहित पार्टी एकताको सबै काम सकिने जानकारी दिए । उनले भने, ‘अब अलमल हुँदैन, एक महिनमा सबै काम सक्छौँ।’

बैठकमा सांसदहरुले सरकारका काम, पार्टी एकता, बजेट बिनियोजन आदि विषयमा जिज्ञासा र सुझाव राखेका थिए । बैठकमा बोल्ने २९ जना सांसदहरुले सरकारको काम कार्बाही सन्तोषजनक रहे पनि त्यसलाई सिंगो पार्टी पंक्तीमा सञ्चार गराउन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए ।

सोमबारको बैठकमा सबै सांसदहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक पनि बोलाउने निर्णय गरिएको छ । नेकपा संसदीय दलको बैठक विगतमा पार्टीका अध्यक्षद्धय ओली र दाहालले ब्रिफिङ गरेपछि टुंगिने गरेको थियो । तर, यस पटकको बैठक पार्टीका सांसदहरुको सुझाब लिने गरी आयोजना गरिएको पनि प्रमुख सचेतक गुरुङले जानकारी दिए । आजै नाम टिपाएकामध्ये २० जना सांसदले अझै बोल्न बाँकी छ। अर्को बैठक असार २१ गते दिउँसो १ बजे डाकिएको छ।

प्रतिक्रिया दिनुहोस्