काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जले भेटवार्ता गरेका छन् ।
तीन दिने युरोप भ्रमणका क्रममा सोमवार जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेटेका समाचार संस्था एएनआईले जनाएको छ । त्यसक्रममा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको थियो । त्यस्तै, रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने भूमिका र त्यसले पार्ने असरबारे पनि छलफल भएको थियो ।
प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क र फ्रान्सको पनि भ्रमण गर्ने तालिका रहेको जनाइएको छ ।