Logo
Logo

सशस्त्रका नयाँ आइजिपीका योजनाः ट्रान्सफर फोरकाष्टदेखि बोर्डर इन्टेलिजेन्स ब्यूरोसम्म


9.1k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले व्यक्तिले नभई नीतिले संगठन चलाउने प्रणालीको सुरुवात गरिने बताएका छन् । संगठन सृदढीकरणका योजना अघि बढाउँदै उनले सरुवा–बढुवालाई न्यायोचित र पूर्वानुमानयोग्य बनाउन नयाँ कार्यविधि बनाई लागू गर्ने बताए । ट्रान्सफर फोरकाष्ट बनाउने उनको योजनामा छ । ‘त्यसबाट सरुवामा हुने अनावश्यक दबाब अन्त्य हुने मेरो विश्वास छ,’ उनले भने ।


सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ बनाउन सीमा क्षेत्र विकास कार्यक्रमको अवधारणा अघि सारेका छन् । सीमा क्षेत्रमा नागरिक सशस्त्र प्रहरी साझेदारी कार्यक्रम सुरु गरिने उनको भनाई छ । त्यसका लागि सीमा क्षेत्रमा विकास कार्यक्रमको योजना बनाइएको छ । सीमा निगरानी बहुउदेश्यिय सडक बनाउने प्रस्ताव अर्यालले सरकारसँग राखेका छन् । इन्टेलिजेन्समा आधारीत सीमा सुरक्षाको अवधारणाअनुसार बोर्डर इन्टेलिजेन्स ब्यूरोको बिस्तार गरिने तथा सशस्त्र प्रहरी प्रधान कार्यालयमा २४ अ‍ैं घन्टा सक्रिय हुने गरी सीमा सुरक्षा डेस्क बनाउने अर्यालको तयारी छ । संगठनभित्र आर्थिक पारदर्शीता प्राथमिकतामा रहेको अर्यालले बताए ।


चार वर्षका लागि सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका अर्यालले संगठनभित्र व्यापक सुधार गर्ने अपेक्षा सशस्त्र प्रहरी अधिकारील राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्