Logo
Logo

गर्भपतनसम्बन्धी कानुन रद्द गर्ने अदालतको दस्तावेज बाहिरिएपछि अमेरिकामा प्रदर्शन


504
Shares

एजेन्सी । अमेरिकामा गर्भपतनसम्बन्धी कानुन रद्द गर्ने मनसाय समेटिएको सर्वोच्च अदालतको दस्तावेज बाहिरिएको छ ।

सर्वोच्च अदालतले ‘रो भर्सस वेड’ मुद्दामा निर्णय उल्ट्याएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुनेछ । ‘रो भर्सस वेड’ भनेको सन् १९७३ मा अमेरिकामा गर्भवती भएको पहिलो तीन महिनामा गर्भपतन गर्न पाउने अधिकार दिएको निर्णय हो ।

पोलिटिकोमा ९८ पानाको दस्तावेज छापिएपछि डेमोक्र्याटले यसको विरोध गरेका छन् भने सर्वोच्च अदालत अगाडि गर्भपतन अधिकारको पक्ष र विपक्षमा प्रदर्शन भएका छन् । बीबीसीका अनुसार प्रधान न्यायाधीश रोबट्र्सले दस्तावेज कसरी चुहिन पुग्यो भन्नेबारे अनुसन्धान गर्न निर्देशन दिन सक्ने अनुमान गरिएको छ ।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी कानुन उल्ट्याइदिन सक्ने मस्यौदा गोप्य रुपमा बाहिरिएपछि स्तब्ध बनाएको अमेरिकी अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्