Logo
Logo

सुकीको सजायबारे पुनर्विचार गर्न गरिएको अपिल खारेज


252
Shares

एजेन्सी । म्यानमारकी नेतृ आङ सान सुकीले आफूलाई भ्रष्टाचार अभियोगमा सुनाइएको सजाय पुनर्विचार गर्न गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ ।

समाचार संस्था एएफपीका अनुसार म्यानमारको सैन्य सरकारसँग निकट अदालतले सुकीले गरेको अपिललाई अस्वीकार गरेको हो । यसअघि भ्रष्टाचारको आरोपमा सुनाइएको पाँच वर्षको सजाय विरुद्ध पुनर्विचार गर्न नेतृ सुकीले अपिल गरेकी थिइन् ।

७६ वर्षीया सुकीलाई यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उनीमाथि कोभिड–१९ नियम उल्लंघन गरेको, सैन्य सरकारविरुद्ध नागरिकलाई उक्साएको, देशको गोपनियता भंग गरेको, भ्रष्टाचार गरेकोलगायतका आरोप छन् । अहिले सुकीका वकिललाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ ।

म्यानमारमा सेनाले सत्ता कब्जामा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियानमा भएका हिंसात्मक घटनामा एक हजार ८ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १३ हजारभन्दा धेरै पक्राउ परेका विवरण सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्