काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्यले जिम्मेवारी पाएका छन् ।
एआइजी निरज शाहीले अवकाश पाएपछि प्रतिष्ठान एसएसपीको भरमा चलेको थियो । महानिरीक्षकको सचिवालयमा कार्यरत डिआइजी आचार्यलाई निमित्त प्रमुखको रुपमा खटाइएको हो । निमित्त नहुँदा एकेडेमीका नियमित काम नै अवरुद्ध भएपछि निमित्त प्रमुख खटाइएको हो । उनी आइतबार हाजिर भएका छन् । डिआइजी आचार्य एआइजी बढुवाका पनि प्रमुख दाबेदार हुन् । हाल नेपाल प्रहरीमा एआइजीका चार पद रिक्त छन् ।