Logo
Logo

नबिल बैंक र विराटनगर अस्पतालबीच विशेष छुटसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विराटनगर अस्पतालमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र विराटनगर अस्पताल (बिराट नर्सिङ होम एण्ड विराट मेडिकल कलेज) बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम विराटनगर अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिटकार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्ने भएको छ ।

नबिल बैंकका विराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले “ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप विराटनगर अस्पतालसँगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी विश्वास विराटनगर अस्पतालका निर्देशक सुनिल तपरियाले “नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको व्यक्त गरेका छन् । ४०० बेडसहितको स्वास्थ्य संस्था, विराटनगर अस्पतालले १९ वर्षदेखि गुणस्तर एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालासँगै अघि बढ्ने विश्वास लिएको विज्ञिप्तमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्