Logo
Logo

कावासोती र रुपन्देहीको मणिग्राममा सनराइज बैंकको शाखा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । सनराइज बैंकले नवलपुरस्थित कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्तरुपमा रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

त्यसैगरी बैंकले रुपन्देहीको मणिग्राममा नयाँ शाखा संचालनमा ल्याएको छ । गत मंगलवार आयोजित औपचारिक कार्यक्रमा तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे र संचालक समितिका सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्तरुपमा मणिग्राम शाखाको उद्घाटन गरेका हुन् ।

यससँगै सनराइज बैंकको शाखा संख्या ११२ पुगेको छ । यसबाहेक बैंकले ३६ वटा शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, १२६ वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्