Logo
Logo

चितवनको माडीमा एमाले र माओवादीबीच तिव्र प्रतिस्पर्धा


16.2k
Shares


काठमाडौं । चितवनको माडी नगरपालिकामा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो विवरणअनुसार एमाले उम्मेदवारले अग्रता लिएका छन् ।


एक हजार ६ सय मत गन्दा मेयरमा एमाले उम्मेदवारले सात सय ५२ तथा माओवादी केन्द्रका उम्मेदवारले ६ सय २४ मत ल्याएका छन् । माओवादी केन्द्रका ऋषि काफ्ले र एमाले–राप्रपा गठबन्धनकातर्फबाट नेकपा एमालेका ताराकुमारी काजी महतो मेयर पदको प्रतिस्पर्धामा छन् ।


किरियापुत्रीदेखि बृद्धबृद्धासम्म मतदान
माडीमा उत्साहजनक रुपमा मतदान भएको छ । किरियापुत्रीदेखि बृद्धबृद्धासम्म मतदान गर्न पुगेका थिए ।
समग्रमा माडी नगरपालिकामा ७२.३७ प्रतिशत मतदान भएको छ । माडी नगरपालिकामा रहेका कूल २८ हजार ३२० मतदाता मध्ये २० हजार ४९५ बाट मतदान भएको हो ।


माडीको खैरहनी माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा सर्बाधिक ७९.१९ प्रतिशत र सबैभन्दा कम कृष्णनगर माध्यमिक विद्यालय (क) मतदान केन्द्रमा ६७.३९ प्रतिशत मतदान भएको छ । माडीमा कूल ९ हजार ४७४ पुरुष र ११ हजार २१ महिलाले मतदान गरेका छन् ।

किरियामा बसेका स्थानीय इन्द्र पौडेल मतदानमा सहभागी हुँदै


वडाअध्यक्षका उम्मेदवार कृष्णराज अधिकारीका अनुसार किरियापुत्री बसेका स्थानीय इन्द्रबहादुर पौडेलले समेत मतदान गरेका छन् । ‘हाम्रो क्षेत्रमा निकै उत्साहका साथ जनताले मतदान गर्नुभएको छ,’ उनले भने,‘मतगणना पनि सुरु भइसकेको छ,अब छिट्टै नजिता आउँछ ।’

चितवनको माडी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्