काठमाडौं । काभ्रेका १३ स्थानीय तहमध्ये १२ मा मतगणना भइरहेको छ । त्यसमध्ये चार वटामा एमालेले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र र कांग्रेसले ३–३ स्थानीय तहमा अग्रता कायम गरेको छ भने नेकपा एकीकृत समाजवादीको एक स्थानीय तहमा अग्रता रहेको छ ।
काभ्रेको नमोबुद्ध, पनौती नगरपालिका बेथानचोक कांग्रेस अगाडी छ ।
पनौतीमा चार सय मत गणना हुँदा कांग्रेसका उम्मेदवारको दुई सय ३१ र एमालेको एक सय ४७ छ । कांग्रेसबाट रामशरण भण्डारी तथा एमालेबाट भिम न्यौपाने उम्मेदवार छन् ।
त्यस्तै उपप्रमुख नेकपा एकीकृत समाजवादीले सय १५ र एमालेले ९८ मत ल्याएको छ । समाजवादीबाट छविलाल हुमागाई तथा एमालेबाट गीता बन्जारा उम्मेदवार छन् ।
नमोबुद्ध नगरपालिमामा पनि कांग्रेसकै उम्मेदवार अगाडी छन् । तीन सय मत गणना हुँदा कांग्रेसका कुनसाङ लामाले एक सय ४७ मत ल्याउँदा एमालेका राजन भुर्तेलले एक सय सात मत ल्याएका छन् । उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार रत्न लामालाई पछि पार्दै एमालेकी सम्झना लामाले १२२ मत ल्याएकी छिन् । गठबन्धनका रत्न लामाको ८४ मत छ ।
काभ्रेको धुलिखेलमा स्वतन्त्र(कांग्रेसका बागी) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । पछिल्लो समय एमालेका उम्मेदवार अशोक ब्याञ्जुले स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतलाई उछिनेका छन् । ब्याञ्जुले १११५ मत ल्याउँदा बस्नेतको ९६७ मत छ । गठबन्धनका साझा उम्मेदवार रहेका समाजवादीका दयासागर श्रेष्ठले न्यून मत मात्र प्राप्त गरेका छन् ।
बनेपामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् भने भुम्लु र खानीखोलामा माओवादी केन्द्रका उम्मेदवारको अग्रता छ । बेथानचोकमा कांग्रेसको अग्रता रहेको छ । तेमालमा एमाले उम्मेदवार इन्द्रबहादुर तामाङले कांग्रेसका चन्द्रबहादुर तामाङलाई पछि परेका छन् । इन्द्रबहादुरले एक सय १५ मत पाउँदा चन्द्रबहादुरको ५३ मत छ ।
बनेपामा एमालेका उम्मेदवार रत्नकुश रंजितकारले दुई सय ८३ मत ल्याउँदा कांग्रेसका शान्ति रत्न शाक्यको २३१ मत छ । उपप्रमुखमा पनि एमालेकै अग्रता छ ।
मण्डनदेउपुरमा समाजवादीका उम्मेदवार टोकबहादुर वाइवाको अग्रवा छ । उनले दुई सय ३१ मत ल्याउँदा कांग्रेसका विदुर सापकोटाको दुई सय १३ मत छ ।
रोशी गाउँपालिकामा एमालेका देवसागर लामाले ५० मत ल्याउँदा कांग्रेसका दिनेश लामाको ४२ मत रहेको छ ।
बेथानचोकमा कांग्रेसका भगवान अधिकारीले पाँच सय ७७ मत ल्याउँदा एमालेका कमल तिमल्सिनाको तीन सय ८८ मत रहेको छ । भुम्लुमा माओवादी केन्द्रका प्रेमबहादुर भुजेलले ८ सय ४७ मत ल्याउँदा एमालेका प्रेम लामाको ६ सय ५९ मत रहेको छ ।
महाभारत गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ठूलो मतान्तरसहित अगाडी छन् । माओवादी केन्द्रका कान्छालाल जिम्वाले सात सय ८२ मत ल्याउँदा एमालेका पूर्वबहादुर वाइवाको २ सय २४ मात्र छ ।
काभ्रेको खानीखोला गाउँपालिकामा माओवादी केन्द्रको अग्रता । ६ सय मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले तीन सय १९ तथा एमालेका उम्मेदवारले दुई सय २८ मत पाएका छन् । खानीखोलमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार इन्द्रबहादुर तामाङ छिन्ताङ रहेका छन् भने एमालेका शेखर लामा प्रतिस्पर्धामा छन् । उपाध्याक्षमा कांग्रेसका उम्मेदवारको दुई सय ७५ मत हुँदा एमालेको उम्मेदवारको दुई सय २९ मत रहेको छ ।
पाँचखाल नगरपालिकामा भने एक मतदानस्थलमा पुन मतदान हुने भएको छ । चौरी देउरालीको मत परिणाम प्राप्त हुन सकेको छैन ।