Logo
Logo

उदयपुरको लिम्चुङवुङमा माओवादी विजयी


693
Shares

उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् ।

आइतबार दिउँसो सकिएको मतगणनामा उपाध्यक्ष गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् ।
अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका राजकुमार राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् ।

उपाध्यक्ष निर्वाचित पुष्पराज राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । प्रतिस्पर्धी एमालेका देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएका छन् ।

५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्