काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार टोकबहादुर वाइवाले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ४४२३ मत ल्याएका छन् भने प्रमुख प्रतिस्पर्धी रहेका नेकपा(एमाले)का विदुर सापकोटाको ३८२४ मत रहेको छ ।
निवर्तमान मेयर रहेका वाइवालाई कांग्रेस र माओवादी केन्द्रको साथ छ । मण्डनदेउपुर एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाको गृह नगर हो । यहाँ उपमेयर पदमा पनि एमाले पछि छ । गठबन्धनबाट कांग्रेसका विष्णुमणि नेपालले ४८१० मत ल्याउँदा एमालेकी सरिता ढकालको ३५४१ मात्र रहेको छ ।