जुम्ला । जुम्लाका पाँच वडामा नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचित भएको छ । जिल्लाका आठवटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मतपरिणावटामअनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो । चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
वडाध्यक्षमा निर्वाचित महतले दुई सय ७९ मत प्राप्त गरे भने उनका प्रत्याशी एमालेका कमलबहादुर महत दुई सय ३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यस्तै, हिमा गाउँपालिका– २ को वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनी एक सय ६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्याशी माओवादीका जयबहादुर रोकायाले एक सय ११ मत प्राप्त गरी पराजय भोगेका हुन् ।
सोही गाउँपालिका– ७ को वडाध्यक्षमा समाजवादीका विक्रमबहादुर शाही निर्वाचित भएका छन् । उनले दुई सय ६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्याशी माओवादीका वीरजित रोकायाले एक सय ८० मत प्राप्त गरी पराजित भएका छन् । कनकासुन्दरी गाउँपालिका– ७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले दुई सय ८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्याशी एमालेका अजबहादुर रोकाय एक सय ८० मत प्राप्त गरी पराजित भएका हुन् ।
यस्तै गुठीचौर गाउँपालिका– २ को वडाध्यक्षमा समाजवादीका दीपबहादुर रोकाया निर्वाचित भएका छन् । उनी तीन सय २५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्याशी कांग्रेसका उजिलो बुढाले तीन १३ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै गुठीचौर गाउँपालिकाको उपाध्यक्ष पदमा समाजवादीका जनक थकालीको अग्र्रता छ ।