Logo
Logo

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै, कसले कति मत पाए ?


3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को अग्रता कायमै छ । बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार बालेनले ७ हजार ५ सय २२ मतको अग्रता लिएका छन् ।

उनले १५ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितको ८ हजार २ सय ५३ मत छ । कांग्रेसका सिर्जना श्रेष्ठ सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् । उनले ७ हजार ३ सय ४८ मत ल्याएकी छन् ।

अरु उम्मेदवारले १ हजार मत कटाउन सकेका छैनन् । राप्रपाका मदनदास श्रेष्ठको ८ सय ९, स्वतत्त्र उम्मेदवार सुमन सायमीको ६ सय ६७, विवेकशील साझाका समीक्षा बास्कोटाको ८८ मत छ । मेयरमै स्वतन्त्र उम्मेदवारी दिएका सुशील थापा क्षेत्रीले ३४ र मधुसुदन खड्का केसीले १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्माचार्यले १३, आमूल परिवर्तन मसिहा पार्टीका रुपा सुवालको ११, नेकपा समाजवादीका काजीलाल श्रेष्‍ठको ३ र स्वतन्त्र उम्मेदवार विजय मानन्धरको १ मत रहेको छ ।

महानगरको उपमेयरमा एमालेका सुनिता डंगोलको फराकिलो अग्रता कायम छ । १२ हजार १ सय ५७ मत प्राप्त गरेकी छन् । नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६ सय १४ मतसहित दोस्रो स्थानमा छन् ।

राप्रपाका बिनिता मगैयाको २ हजार ६ सय २८, विवेकशील साझाका कृति कंसाकरको ३ सय ९६, स्वतन्त्र उम्मेदवार रिङ्कु श्रेष्ठको ६२, नेमकिपाका सविता श्रेष्ठको २० र नेपाल सुशासन पार्टीका पुष्पा खरेलको १७ मत छ ।

प्रतिक्रिया दिनुहोस्