Logo
Logo

सेना, प्रहरी र निजामती सेवामा भएको श्रीमती संघ खारेज गर्नु पर्दछ : पम्फा भुषाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , २३ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले सामन्तवादी शासन व्यवस्थाको स्वरुपमा चलिरहेका सैनिक र नेपाल प्रहरीको श्रीमती संघ खारेज गर्नुपर्ने बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले श्रीमानको नाममा श्रीमतीले सुविधा लिने व्यवस्था आफूहरूले अन्त्य गरेको भए पनि महत्वपूर्ण निकायहरूमा सो परिपाटी विद्यामान रहेको बताइन्।

सेना, प्रहरी र निजामती सबैमा श्रीमती संघ रहनुले गणतन्त्र आए पनि त्यसले अझै राजतन्त्रको धङधङ्गी विद्यमान रहेको देखाउने प्रष्ट पारिन्।नेतृ धुषालले भन्नि ‘म त्यो अन्त्य होस् भन्ने चाहन्छु।’

श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्था अन्त्य गरेर आएको भन्दै उनले हामीले अन्त्य गरेका हौं । राष्ट्र प्रमुखसँग सम्बन्ध गाँसे वापत महारानी हुने उनका छोराछोरी युवराज युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका हौं’ सांसद भुसालले भनिन् ‘अहिले पनि यो देशमा महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान छ ।’

अहिले पनि सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघ जस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्