Logo
Logo

काभ्रेमा एमालेले चार पालिका गुमायो


12.1k
Shares


काठमाडौं । २०७४ को स्थानीय चुनावमा एमालेले जितेका चार स्थानीय तह यसपटक उसले गुमाएको छ । बनेपा, नमोबुद्ध, मण्डनदेउपुर र भुम्लु एमालेले गुमाएको हो । यी चारै पालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


बनेपाको मेयरमा कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार सात सय ९३ मतसहित विजयी भएका छन् । एमालेका रत्नकुश रंजितकारले ११ हजार ८ सय ३५ मत मात्र पाए । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका रगुबर चौ प्रधानलाई हराएर एमालेकी विमला सापकोटा दाहाल विजयी भएकी छिन् ।


यसअघि एमालेले जितेको नमोबुद्धमा पनि यसपटक मेयरका कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रैसका कुनसाङ लामाले ११ हजार २ सय ११ मत ल्याउँदा एमालेका राजन भुर्तेलले ५८२२ मत मात्र प्राप्त गरे ।
मण्डन देउपुरको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता टोकबहादुर तामाङ ९४०६ मतसहित विजयी भए । यसअघि उनी एमालेको तर्फबाट मेयर थिए । यहाँ उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन् ।


त्यस्तै, भुम्लु गाउँपालिका पनि एमालेले गुमाएको छ । गाउँपालिका अध्यक्षमा माओवादीका प्रेमप्रसाद भुजेल र उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान लामा विजयी भएका छन् ।
त्यस्तै, एमालेले यसअघि जितेको पनौती नगरपालिकाको मेयरमा पनि कांग्रेसको अग्रता छ । काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेलमा मात्र एमालेको अग्रता छ । नेताहरुको घमन्डका कारण एमालेको लालकिल्लामा एमाले यो अवस्थामा पुगेको कार्यकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्