काठमाडौं । नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवामा सिफारिस भएका छन् । सोमबार विहान बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
उत्तमराज सुवेदी पहिलो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह बढुवा सिफारिसमा परेका हुन् ।
डिआइजी बढुवासँगै तीन प्रदेश नेतृत्वविहिन बनेका छन् । अरुण बिसी प्रदेश १, पूजा सिंह बागमती र दिवेश लोहनी गण्डकीमा कार्यरत छन् । उनीहरुको बढुवासँगै ती प्रदेशमा नयाँ डिआइजी बढाउने तयारी भइरहेको छ ।