काठमाडौं । सशस्त्र प्रहरी बलको एआइजी बढुवामा चलखेल हुँदा विवादित बन्न पुगेको छ । दुई एआइजी रिक्त रहेकोमा एकलाई मात्र बढुवा गर्ने र रिक्त अर्काे पदमा पनि तिव्र चलखेल छ ।
रिक्त हुनु अघि नै सूचना निकालेर सशस्त्रमा एआइजीको एक पदमा नारायणदत्त पौडेललाई बढुवा गरिएको छ । हालका आइजिपी राजु अर्यालले अवकाश पाएपछि आइजिपी पक्का गर्न उनलाई त्यसरी एकल बढुवा गरिएको बताइन्छ ।
अर्काे रिक्त पदमा भने तीन डिआइजीबीच प्रतिस्पर्धा देखिएको छ । जसमा चन्द्रप्रकाश गौतम, बंशी दाहाल र किशोर प्रधानबीच प्रतिस्पर्धा देखिएको छ । वरिष्ठतामा गौतम अगाडी भएपनि दाहालको बालुवाटारसँग निकटता रहेकाले उनको सम्भावना रहेको चर्चा सशस्त्र प्रहरीमा छ ।
उता सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनको हितमा १० बुँदे निर्णय गरेर सुधार अभियान थालेपनि टिम भने बनाउन सकेका छैनन् । सचिवालयमा पुष्पराम केसीले थुपारेकै टिमको हालिमुहाली छ । एसएसपीहरु किरण बस्नेत र युवराज अर्याल नै उनका निकट छन् ।
त्यस्तै विकास घिमिरे र हर्कराज पन्त जस्ता बदनाम एसपी अर्यालको निकट भएपछि धेरैले आइजिपीमाथि प्रश्न उठाउन थालेका छन् ।