Logo
Logo

बाइडेन फर्केलगत्तै उत्तर कोरियाद्वारा तीन व्यालेस्टिक क्षेप्यास्त्र प्रहार


एजेन्सी

63
Shares

सोल । उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो ।

दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ । बुधबार बिहान ६ः३७ देखि ६ः४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो ।

तस्बिर एपी

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त क्षेत्रको भ्रमण गरेको भोलिपल्ट प्योङ्याङले क्षेप्यास्त्र प्रहार गरेको हो । भ्रमणका क्रममा बाइडनले उत्तर कोरियालाई अङ्कुश लगाउने उपायहरू अवलम्बन गर्ने वाचा गरेका थिए । उत्तर कोरियाले यो वर्षको सुरुदेखि नै परीक्षणका लागि बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनको दक्षिण कोरिया र जापानको पछि मंगलबार मात्र फर्किएका हुन् । बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।

दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्