Logo
Logo

तीन सहसचिवको सचिव बढुवामा सिफारिस


7.7k
Shares


काठमाडौं । प्राविधिकतर्फ रिक्त सचिवको रिक्त पदमा तीन जनाको सिफारिस भएको छ । सिफारिस भएका तीनमध्ये एकको बढुवा हुनेछ ।


लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहिवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राबिधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र बिश्वबाबू पुडासैनीको नाम सिफारिस गरेको हो । सचिव देवेन्द्र कार्कीको अवकाशपछि उनीहरुको बढुवा सिफारिस भएको छ ।
प्रशासनतर्फ पनि सचिवको एक पद रिक्त छ । सचिव यामकुमार खतिवडाले अवकाश पाएपछि सचिव पद रिक्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्