Logo
Logo

किशोर चाम्लिङको ‘सोमबारे हाटैमा’ सार्वजनिक (भिडियो)


3.5k
Shares

काठमाडौं । गीतकार किशोर राईको ‘सोमबारे हाटैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

पूर्वेली लोक भाकामा रहेको उक्त गीतमा गीतमा सुनिता थेगिम र रत्न राईको स्वर रहेको छ । गीत टाइमलाइन टिभीमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा प्रेम जोडीको प्रेमालापबारे गीतकार चाम्लिङले शब्दमार्फत उतारेका छन् । गीतमा केटा र केटीको भेटघाट र त्यसपछि बसेको गहिरो मायाप्रेमलाई गीतकारले फूल उनेर माला बनाइदिएका छन् ।

गीतको सुरु केटाबाट सुरु हुन्छ । केटाले आफूहरुको पहिलो भेट खोटाङको तुवाचुङमा साकेला नाच्दा जाँदा भेट भएको बेलीविस्तार गीतमार्फत लगाउँछ । त्यसपछि सन्जोगले दोस्रो भेट फेरि रम्भुवा मेलैमा भएको भनेर केटी मस्किन्छे । यसरी नै गीत नदीजसरी सलल बगेको ।

स्टुडियो किङमा रेकर्ड गरिएको १० मिनेट ३ सेकेन्डको गीतको संगीत गायक रत्न राई स्वयंले भरेका छन् भने एरेन्ज कृष्णभक्त राईले गरेका छन् ।

यस्तै, गीतको कोरस मनिषा राई र दिपा तामाङले निर्वाह गरेका छन् भने गीत रेकर्ड मनिष राईले गरेका छन् । गीतको मिक्सिङरमास्टरिङ राजु कार्कीको रहेको छ भने क्यामेरातर्फ मनोज राई रहेका छन् ।

सरल भाषामा प्रेमजोडीको प्रेमसँगै गाउँले जीवनबारे पनि गीतकारले शब्दमार्फत बयान गरेका छन् । गाउँको मेलपात, हलेसी बजार, कानैमा ढुङ्ग्री नाकैमा फुली, खाँडीको थान, कपासको धागो, घुर्यानको बारी, गाईगोठलगायत दृश्यहरुलाई गीतकार चाम्लिङले गीतमार्फत सजिलो ढंगले वर्णन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्