काठमाडौं । नेपाल प्रहरीको आइजिपी नियुक्तिसम्बन्धि मुद्दामा आज सुनुवाई नहुने भएको छ । गोलाप्रथाबाट पेशी तोक्दा हेर्न नमिल्ने न्यायाधीशकोमा परेपछि सुनुवाई नहुने भएको हो ।
यो मुद्दा विश्वम्भरलाल श्रेष्ठ र कुमार चुडालको इजलाशमा परेको थियो । तर, उनीहरुले यो मुद्दा हेर्न नमिल्ने भएपछि अर्काे सुनुवाई अन्योलमा परेको छ । यही मुद्दामा एआइजी बढुवासम्बन्धि मुद्दा पनि राखेपछि हेर्न नमिल्नेमा परेको हो ।हाल अवकाश पाइसकेका तत्कालिन डिआइजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की तथा प्रकाशजंग कार्कीले एआइजी दायर गरेको रिटको पनि सँगै सुनुवाई गर्न लागिएको हो । एआइजी बढुवाविरुद्धको रिटमा म्याद तामेल नै नभएकाले पनि सुनुवाई अघि बढ्न नसकेको हो ।
एआइजी विश्वराज पोखरेलले धिरज प्रताप सिंहलाई आइजिपी बनाउने सरकारको निर्णयविरुद्ध २० बैशाखमा रिट दर्ता गरेका थिए ।