Logo
Logo

न्यायाधीश केसीले पाए अवकाश, सर्वाेच्चमा न्यायाधीशका दुई पद रिक्त


6.7k
Shares


काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले बिहीबारदेखि अनिवार्य अवकाश पाएका छन् । उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।


केही फैसलाका कारण न्यायाधीश केसी विवादमा पनि परेका थिए । एनसेलको करसम्बन्धि मुद्दामा उनले एनसेलको पक्षमा आदेश मात्र गरेनन् आफ्नो फैसलालाई डिफेन्ड गर्दै पत्रिकामा लेख समेत लेखेका थिए । साथै श्रीमती हत्या मुद्दामा सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई साढे ११ वर्ष कैद छुट दिने फैसलामा पनि उनी संलग्न थिए ।


यससँगै सर्वाेच्चमा न्यायाधीशका दुई पद रिक्त भएका छन् । यसअघि मिरा खड्काले अवकाश पाएकी थिइन् । रिक्त पदमा बढुवाका लागि न्याय परिषद्ले वस्तुगत मापदण्ड बनाई कार्यान्वायन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्