Logo
Logo

सशस्त्रका प्रहरीका ९६ डिएसपी–इन्सपेक्टरको बढुवा हुँदै


13.7k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि रिक्त रहेका डिएसपी र इन्सपेक्टरको बढुवा प्रक्रिया अघि बढेको छ । एसपीका ३८ तथा डिएसपीका ५८ रिक्त पदमा बढुवाको प्रक्रियाको सूचना बिहीबार प्रकाशित भएको छ ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले निकालेको सूचनामा एसपी बढुवामा ५ दिन र डिएसपी बढुवामा १० दिनको समय दिएर शैक्षिक प्रमाणपत्रसहित फारम भर्न भनिएको छ ।
एसपी र डिएसपी बढुवामा बालुवाटार निकट केही बिचौलियाहरु सक्रिय भएका छन् । जसकारण राम्रा अधिकृतलाई अन्याय हुन नदिन आइजिपी राजु अर्यालको लागि परीक्षाको विषय छ । एसपीमा सिंस ३ का करिब ७० जना तथा डिएसपीमा ंिसंस ७ का एसय २२ जना बढुवाका प्रमुख दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्