काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मिलियन डलर राउन्ड टेबल (एमडिआरटी)का बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । विर्तामोड झापाको होटल किंग्सबुरीमा २०७९ जेठ २१ गते सम्पन्न गरिएको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मानपत्रबाट सम्मान गरेका छन् ।
![](https://i0.wp.com/www.drishtinews.com/wp-content/uploads/2022/06/viber_image_2022-06-05_14-23-38-404.jpg?fit=1000%2C610&ssl=1)
भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई एमडिआरटी, सिओटी, टिओटीजस्ता उत्कृष्ट विधा कसरी हासिल गर्न सकिन्छ भन्नेबारेमा प्रशिक्षण दिएका थिए ।
अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटी (मिलियन डलर राउन्ड टेबल)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट चार जना सिओटीसहित १५७ जना अभिकर्ताहरु एमडिआरटीका लागि योग्य भएका थिए ।