Logo
Logo

प्रहरीले नै लुटे काठमाडौंमा ३५ लाख, हवल्दार पक्राउ सिपाही फरार


49k
Shares


काठमाडौं । सस्तोमा सुन बेच्ने बहानामा काठमाडौंमा प्रहरीले नै ३५ लाख रुपैयाँ लुटेको खुलेको छ । लुटपाटमा संलग्न एक हवल्दार पक्राउ परेका छन् भने अर्का जवान फरार छन् । मालिगाउँ वृत्तमा कार्यरत हवल्दार शालिकराज नेपालीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी स्रोत बताउँछ ।


गत ८ जेठमा लैनचौरमा एक व्यापारीको ३५ लाख लुटपाट भएको थियो । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए । एक किलो सुनको करिब ८० लाख पर्नेमा ३५ लाखमै पाइने भनेर ती व्यापारी प्रलोभनमा परी सस्तो सुन किन्न खोज्दा लुटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्