काठमाडौं । दुई साताअघि काठमाडौंमा ३५ लाख लुट्ने प्रहरी हवल्दारसहित दुई जनालाई काठमाडौं प्रहरीले सार्वजनिक गरेको छ । सस्तोमा सुन बिक्रि गर्ने प्रलोभनमा पोखराका एक व्यापारीको ३५ लाख लुट्ने हवल्दार शालिकराम नेपाली र पेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत ८ जेठमा उनीहरुले एक किलो सुन किन्न बोलाएर लैनचौरस्थित ब्याडमिन्टन कोर्टछेउको एक खाजाघरबाट ३५ लाख लुटेर भागेका थिए । पक्राउ परेका हवल्दार मालिगाउँ वृत्तमा कार्यरत थिए । सो घटनामा संलग्न अर्का एक जवान भने फरार छन् । घटनामा फरार रहेका अन्यको खोजी जारी रहेको काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् ।