काठमाडौं । सशस्त्र प्रहरी बलमा एआइजीको बढुवा र पदस्थापन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआइजीको बढुवा गर्दे दुई जनालाई पदस्थापन गरेको हो ।
रिक्त एक एआइजीमा चन्द्रप्रकाश गौतमको बढुवा भएको छ । उनको कार्य तथा सीमा सुरक्षा विभागमा पदस्थापन भएको छ । त्यस्तै यसअघि नै बढुवा भएका नारायणदत्त पौडेललाई मानवस्रोत तथा प्रशासन विभागमा सरुवा गरिएको छ । एआइजीमा बढुवासँगै सशस्त्र प्रहरीमा डिआइजीका तीन पद रिक्त भएका छन् । रिक्त पदमा तत्काल बढुवा हुने सम्भावना नरहेको स्रोत बताउँछ ।