काठमाडौं । पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को गत २३ जेठको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरु नविन कार्ययोजनाका साथ अगाडि बढनुपर्ने बताए । महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको बताए ।