काठमाडौं । नेपाल प्रहरीका पाँच एआइजीले बिहीबार पदस्थापन भएको कार्यालयका पदभार ग्रहण गरेका छन् । जसनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एआइजी रबिन्द्रबहादुर धानुकले पदभार ग्रहण गरेका छन् । यसअघि प्रशासन विभागमा रहेका धानुकको उपत्यकाको सुरक्षा हेर्र्ने गरी सरुवा भएको हो ।
त्यस्तै, उपत्यका प्रहरी कार्यालयका कार्यरत उत्तमराज सुवेदीको बढुवापछि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा पदस्थापन भएको छ । धानुकलाई स्वागत गरी उपत्यका प्रहरी कार्यालयले सुवेदीको बिहीबार बिदाई गरेको छ ।
त्यस्तै, एकेडेमीमा मुकुन्द आचार्य, प्रशासन विभागमा अरुण बिसी, मानव स्रोत विकास विभागमा पूजा सिंहले पनि पदभार ग्रहण गरेका छन् ।