काठमाडौं । रुसी सेनाको आक्रमणले ध्वस्त भएको युक्रेनी सहर मारिउपोलमा कालाजार महामारी फैलने खतरा बढेको छ ।
हाल पनि रुसकै कब्जामा रहेको उक्त सहर कालाजार महामारीको उच्च जोखिममा रहेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार मारिउपोलको अधिकांश भौतिक पूर्वाधार ध्वस्त भएका छन् ।
मारिउपोलका मेयर भाडिम बोचेन्कोले कालाजार तथा अन्य संक्रामक रोगहरू पहिले नै सहरमा रहेको र ठूलो प्रकोपबाट बच्न सहर बन्द गरिएको बताए । तर रुसी अधिकारीले भने नियमित परीक्षण भइरहेको तथा अहिलेसम्म कालाजार नभेटिएको दाबी गरेका छन् ।
कालाजार गम्भिर प्रकृतिको रोग भएकाले समयमा उपचार नगरे केही घण्टामै बिरामीको मृत्यु हुनसक्छ ।