Logo
Logo

सर्लाहीका वडा अध्यक्षलाई निलम्बन गर्न अख्तियारको पत्राचार


4.9k
Shares


काठमाडौं । विगतमा घुससहित पक्राउ परी हाल फेरि निर्वाचित वडा अध्यक्ष र सदस्यलाई निलम्बनमै राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष राम कुमार साहलाई निलम्बन गर्न आयोगले पत्राचार गरेको हो ।


वडा अध्यक्ष साह र वडा सदस्य रायलाई गत वर्ष आयोगले एक लाख ५० हजार घुससहित पक्राउ गरेको थियो । उनीहरुविरुद्धको मुद्दा बिशेष अदालतमा विचाराधिन छ । सो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनीहरुलाई निलम्बनमै राख्न आयोगले निर्वाचन आयोग, संघीय मामिला मन्त्रालय र ईश्वरपुर नगरपालिकालाई पत्राचार गरेको हो ।
यसअघि आयोगले स्थानीय तहका चार प्रतिनिधिलाई निलम्बन गर्न पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्