Logo
Logo

सरुवा–बढुवामा बालुवाटार हाबी


343.8k
Shares

काठमाडौं । कांग्रेसको सरकार बनेसँगै प्रहरीमा कांग्रेस निकट एसपीहरूको हालीमुहाली बढेको छ । सरुवा–बढुवामा उनीहरूकै हालीमुहाली छ ।

कतिसम्म भने उनीहरूलाई कारबाहीसमेत हुन छाडेको छ । यसको पछिल्लो उदारण रौतहटका एसपी विनोद घिमिरे हुन् । स्थानीय तह निर्वाचनमा गम्भीर लापरबाही गरेको भन्दै उनीमाथि २ पटक स्पष्टीकरण सोधिएको थियो ।

सामान्यतया दोस्रो पटक स्पष्टिकरण सोध्नु भनेको कारबाही गर्ने पक्का जस्तो छ । तर, प्रहरी प्रधान कार्यालयले उनीमाथि कारबाही गर्न सकेन । किनकी, एसपी घिमिरेको अहिले बालुवाटारसम्म राम्रै पहुँच छ । अहिले कारबाहीमा परे एसएसपी बढुवामा छुट्ने जोखिम भएपछि कांग्रेस नेताहरू उनलाई जोगाउन लागिपरेका छन् ।

रौतहट त्यही जिल्ला हो जहाँ सर्वसाधरणहरु मतपेटिका लिएर भागेका थिए । त्यसबारे रौतहट प्रहरीले माथिल्लो निकायलाई गुमराहमा राख्ने प्रयास गरेको थियो । तर, सामाजिक सञ्जालमा त्यससम्बन्धि फोटो भाइरल भएपछि प्रहरीका माथिल्ला निकायले थाहा पाएपछि सोध्दा मात्र उनले गल्ती स्वीकारेका थिए ।

यस्तो गम्भीर लापरबाहीमा पनि उनीमाथि कारबाही हुन सकेन । कांग्रेस कार्यकर्ता भएकै कारण गुप्तचरमा जागिर खाएर पछि नेपाल प्रहरीमा आएका घिमिरे यसअघि पनि पटक पटक विवादमा परेका थिए ।

त्यस्तै, चुनावमा लापरबाही गर्ने ओखलढुंगाका डिएसपी सुकदेव खनालमाथि भने कारबाही नभएको स्रोत बताउँछ । ओखलढुंगामा कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेका थिए । सुरक्षा लापरबाहीले त्यस्तो घटना भएको भन्दै उनीमाथि स्पष्टिकरण सोधिएको थियो ।

त्यस्तै, दर्जनौं काण्डमा परेका बाँकेका एसपी श्यामकृष्ण अधिकारी पनि हरेक पटक जोगिदै आएका छन् । कमाएको पैसा माथिल्लो निकायमा बुझाएकाले आफुमाथि केही कारबाही नहुने भन्दै उनी निर्धक्क असुलीमा लागेका छन् । उनी पनि गुप्चतर टोलीकै प्रहरी अधिकारी हुन् । अहिले एसएसपी बढुवामा गुप्तचर टोलीकै एसएसपीहरु हालिमुहाली हुने सम्भावना छ । जसमध्ये अधिकांश विभिन्न कारबाही भोगेकाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्