काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।
आफैं विवाह गर्ने खर्च नभएकाका लागि एक सामाजिक संस्थाले सामुहिक विवाह गरिदिएको हो । सिलाब फाउन्डेसनले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो ।
विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्त मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महंगो मानिन्छ ।
तालिबान सरकारले पनि महंगो विवाह समारोह निरुत्साहित गरेको छ ।