Logo
Logo

सातै प्रदेशले बजेट ल्याउँदैः कृषि र पर्यटन प्राथमिकतामा


504
Shares

काठमाडौं । सातवटै प्रदेश सरकारले २०७९÷०८० को बजेट आज सार्वजनिक गर्दैछन् ।

असार १ गते बजेट सभामा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले प्रस्तुत गर्न लागेका हुन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

संविधानतः संघ सरकारले १५ जेठमा, प्रदेशले १ असार र स्थानीय सरकारले असार १० मा बजेट घोषणा गर्नुपर्छ । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

प्रदेश सरकारले आ–आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्