Logo
Logo

पुटिनका गार्डले उनको दिसापिसाब विशेष सुटकेसमा बोक्ने गरेकाे खुलासा


4.7k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको मलमूत्र र पिसाब पकेटमा बोक्ने गरेको खुलासा भएको छ ।

एजेन्टले त्यसलाई विशेष सुटकेसमा मस्को लैजाने गरेको पनि रिपोर्टले जनाएको छ । पुटिनको स्वास्थ्यसँग सम्बन्धित विषयलाई गोप्य राख्न यस्तो गरिएको खुलासा भएको हो । फ्रान्सेली पत्रिकामा छापिएको एउटा रिपोर्टअनुसार सन् २०१७ मा फ्रान्सको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोलाई भर्साइलमा भेटेपछि पुटिनले यस्तो अभ्यास गरेका थिए ।

पत्रिकाअनुसार तीव्र दबाबबीच रूसी दूतावासका कर्मचारीलाई पुटिनबारे ‘पूर्ण गोपनीयता’ कायम राख्न भनिएको थियो । शीर्ष रूसी अधिकारीहरूको सुरक्षाको लागि एफपीएसका एजेन्ट जिम्मेवार मानिन्छन् ।

युक्रेन युद्धदेखि नै रुसी राष्ट्रपतिको स्वास्थ्य महिनौंदेखि अनुमानको विषय बनेको छ । उनी क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको छ । फ्रान्सेली म्यागेजिनकाे रिपोर्टसँग मिल्ने एउटा घटनालाई केहीसमयअघि सेयर गरेको बीबीसीले जनाएको थियो ।

जहाँ दुई गार्डहरू एउटा विशेष सुटकेस बोकेर कोठाबाट बाहिर निस्केको र उनीहरूलाई पुटिन र अन्य दुई गार्डले पछ्याएको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्